Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्जुन कपूरलाई नेताले भने–फ्लप अभिनेता

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– सामाजिक सञ्जालमा हालका दिनमा बलिउडलाई बहिस्कार गर्ने ट्रेण्ड चलिरहेको छ । ‘लाल सिंह चड्ढा’, ‘रक्षाबन्धन’ पछि अब शाहरुख खानको फिल्म ‘पठान’ लाई पनि बहिस्कार गर्ने ट्रेण्ड सुरु भइसकेको छ । यो विषयलाई लिएर हालै अभिनेता अर्जुन कपूरले फिल्म बहिस्कार गर्नेविरुद्ध बलिउड एक हुनुपर्ने अभिव्यक्ति दिएका थिए । अहिले यो अभिव्यक्ति उनकै लागि तगारो बनेको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले अर्जुनको यो भनाईलाई ‘जनतालाई धम्की’ को संज्ञा दिएका छन् । ‘अर्जुन कपूरले जनतालाई धम्की दिनुको सट्टा आफ्नो अभिनयमा ध्यान दिनुपर्छ । यी मानिसमा हिम्मत छ भने कुनै अन्य धर्मका मानिसमाथि पनि फिल्म बनाउन । अर्जुन कपूर फ्लप अभिनेता हुन् । जनतालाई धम्क्याएर केही हुँदैन, किनकी जनता जागरुक भइसकेका छन्’, उनले भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्