Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटकमा २ नम्बरी क्रेज

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–आगामी असोजको २१ गतेबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या उल्लेख्य बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झण्डै तीन लाखभन्दा बढीपटक टिकटक बनेका छन् । नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्यूज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरु नायकद्धय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्धय उपासना सिंह ठकुरी र उगेन छोदेन हाबी छन् । दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । ‘हामीले २ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजर भन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुतकर्ता किरण नेपालीले भने । फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सह–निर्मात्रीको रुपमा छिन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । https://www.youtube.com/watch?v=0-ZhtJL3isU
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्