निर्देशक तथा कोरियोग्राफर रेनेशालाई जुम्ल्याहा सन्तान लाभ
काठमाडौं– फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । उनले शुक्रबार बिहान नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्मदिएकी हुन् ।
रेनेशाका पति प्रज्जवल राणाका अनुसार दुवै बच्चा र आमाको स्वास्थ्य सामान्य छ । रेनेशालाई केही दिन अस्पतालमै राखिनेछ । झण्डै एक दशकको प्रेमलाई रेनेशा र प्रज्जवलले तीन वर्षअघि विवाहमा पूर्णता दिएका थिए । ‘इन्टु मिन्टु लन्डनमा’ कि निर्देशकसमेत रहेकी रेनेशाको अर्को फिल्म ‘आइएम ट्वान्टी वान’ वैशाखमा प्रदर्शन हुँदैछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२०
प्रतिक्रिया दिनुहोस्