अभिनय छोडेर सन्यासी बनिन् नुपुर
मुम्बई– टेलिभिजन अभिनेत्री नुपुर अलंकारले करिब २७ वर्ष टेलिभिजन अभिनयमा आफूलाई स्थापित गरिन् । अहिले यी अभिनेत्रीले अभिनय दुनियाँलाई पछाडि राखेर सन्यासी बनेकी छन् ।
नुपुरले ‘अलंकार’, ‘शक्तिमान’, ‘दीया और बाती हम’, र ‘घरकी लक्ष्मी बेटीया’ जस्ता टेलिसिरियलमा अभिनय गरिसकेकी छन् । कैयौं वर्ष टेलिभिजनमा काम गरेकी नुपुरलाई त्यो आराम पाइनन्, जुन आरामको उनी खोजीमा थिइन् ।
‘मैले फेब्रुअरीमै अभिनयबाट सन्यास लिएको थिएँ । अहिले तीर्थयात्रामा व्यस्त छु र यो समयमा म अत्यावश्यक व्यक्तिलाई सहयोग गर्न चाहन्छु । अध्यात्मप्रति मेरो जहिल्यै झुकाव रह्यो र यसको पालन पनि गर्दै आएकी छु । म गुरु शम्भु शरण झालाई पाएर खुशी छु । जसकारण मेरो जीवनको दिशा फेरिएको छ’, उनले भनेकी छन् ।
नुपुर यतिबेला हिमालयको यात्रामा छिन् । उनले मुम्बईमा बस्दै आएको फ्ल्याट भाडामा दिएकी छन् । उनले आफूलाई आधारभूत खर्च निकाल्नका लागि यो निर्णय लिएकी हुन् । ‘कैयौं मानिसलाई मलाई अहिलेको रुपमा देख्दा म भावनात्मक रुपमा टुटेकी र जिन्दगीबाट थाकिएकी महिला भनेर चित्रण गर्छन् । तर त्यो सत्य होइन’, उनले भनेकी छन् ।
–आजतक
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२०
प्रतिक्रिया दिनुहोस्