Nic Ad Nic Ad
Nic Ad Nic Ad

मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गराइन् ‘ड्रग टेस्ट’

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - पार्टीमा मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध परीक्षण गराएको बताएकी छन् । ३६ वर्षीया मरिनको केही राजनीतिकर्मी तथा सेलेब्रिटीका साथ पार्टी गरिरहेको भिडिओ सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले लागुऔषध परीक्षण गरिएको र त्यसको नतिजा अर्को साता आउने बताइन् । उनले लागुऔषध नलिएको दाबी पनि गरिन् । ‘मैले गैरकानुनी काम केही पनि गरेकी छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘किशोरावस्थामा पनि मैले कुनै किसिमको लागुऔषध लिइनँ ।’ उनले यसअघि मदिरा पिएको र पार्टी गरेको स्वीकारिसकेकी छन् । भिडिओ खिचेको आफूलाई जानकारी भए पनि सो फुटेज सार्वजनिक हुँदा आफू दुःखी भएको उनको भनाइ छ । ‘मलाई विश्वास छ, फुर्सदको समय र कामको समयलाई छुट्याएर हेर्न सकिन्छ भन्ने मान्छेहरुले बुझ्नेछन्,’ उनले भनिन् । मरिन यसअघि विश्वकै कान्छी सरकार प्रमुख थिइन् । त्यो उपाधि अहिले चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिचको नाममा छ । गतसाता मात्रै जर्मनी बिट पत्रिकाले ‘सबैभन्दा बढी रुचाइएको प्रधानमन्त्री’ को उपाधि दिएको थियो । बीबीसी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्