Nic Ad Nic Ad
Nic Ad Nic Ad

रसुवागढी र तातोपानी नाका नखुल्दा दशैंका सामान राेकिए

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– चीनमा कोरोना संक्रमण कायमै रहेको कारण देखाउँदै चीनले रसुवागढी नाका नखोल्दा दशैंका लागि व्यापारीले माग गरेका र ल्याउँदै गरेका सामान रोकिएका छन् । नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा संक्रमण कम भएमा छिट्टै नाका खुल्ने बताए । उनका अनुसार यो समस्या धेरै लामो समयसम्म जाँदैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताए । दुवै नाका बन्द भएपछि दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका छन् । दशैं बजारका लागि लक्षित गर्दै अर्डर गरिएका सामानहरु नाकामै रोकिएपछि व्यापारीहरु चिन्तित बनेका छन् । चीनको तिब्बत क्षेत्रमा कोरोना सङ्क्रमण बढेको भन्दै रसुवागढीमा साउन २१ गतेदेखि र तातोपानीमा २५ गतेदेखि नाका बन्द गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३७
प्रतिक्रिया दिनुहोस्