Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइतबारदेखि दशैं जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न राजधानीमा आइतबारदेखि पाँचौं दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा मेला हुन लागेको हो । मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको बताए । मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ । सो एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३३
प्रतिक्रिया दिनुहोस्