Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर कोरोना संक्रमितको संख्यामा कमी, एसियामा मृतकको संख्यामा वृद्धि

बिहीबार, मंसिर ८, २०७९
लन्डन - कोरोनाभाइरसबाट नयाँ संक्रमितको संख्या विश्वभरि घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार विश्वभरि कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि झण्डै ६ प्रतिशतले कम भएको छ । तर, एसियामा भने मृतकको संख्या बढेको संगठनको तथ्यांकमा देखिएको छ । गएको हप्ता विश्वभरि ५४ लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ संत्र,मितको संख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको संगठनले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वी एसियामा भने मृतकको संख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमशः ३१ र १२ प्रतिशतका दरले मृतकको संख्यामा वृद्धि भएको देखिएको हो । विश्वभरि अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनुपर्ने उपाय अपनाउन उत्तिकै आवश्यक रहेको डब्ल्यूएचओका अधिकारीले जनाएका छन् । उनीहरूले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, संक्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् । रासस/एपी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४१
प्रतिक्रिया दिनुहोस्