Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुई सय घर पुनर्निर्माण गर्ने

बिहीबार, मंसिर ८, २०७९
काबुल - अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुई सय घर पुनर्निर्माण गर्ने बताएको छ । अफगानिस्तानको तालिवान नेतृत्वको प्रशासनले पूर्वी क्षेत्रका भूकम्प प्रभावित परिवारका लागि दुई हजार २०० घर पुनर्निर्माण गर्नुपर्ने अनुमान गरिएको जनाएको हो । त्यसैगरी, सरकारले पक्तिका प्रान्तको बरमल जिल्लामा एक हजार घर निर्माणका लागि काम शुरु भएको जनाएको छ । विपद् व्यवस्थापन तथा मानवीय मामिला उपमन्त्री माउलावी शाराफुद्दिन मुस्लिमले उक्त परियोजनालाई संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरले सहयोग गरेको जनाएको छ । गत जुन २२ मा अफगानिस्तानमा गएको भूकम्पमा परी दुई हजारभन्दा बढी घर पूर्ण रूपमा भत्केका थिए । विनाशकारी भूकम्पका कारण पक्तिकाको गयान र बरमल जिल्ला तथा छिमेकी खोस्त प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार