Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई नेपाल ल्याईदै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– कृषी तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनलमार्फत मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो । हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आई पूग्नेछन । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साढेँ र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ । कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु बिभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार कोरियावाट ल्याईने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुलीस्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ । साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै ब्योहोर्ने छ । कोरिया सरकारले साँढे र गाई निस्शुल्क उपलब्ध गराए पनि कोरियावाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्