शाहीन अफ्रिदीलाई चोट लागेपछि वकार युनिसले भने– भारतलाई सहज भयाे
नयाँ दिल्ली– पाकिस्तानका बायाँ हाते फास्ट बलर शाहिन शाह अफ्रिदी घुँडाको चोटका कारण शनिबारदेखि युएईमा सुरु हुने एसिया कपबाट बाहिरिएका छन् ।
पाकिस्तानमा क्रिकेट कन्ट्रोल बोर्ड (पीसीबी) का प्रमुख मेडिकल अफिसर नजिबुल्लाह सौमरोले एक विज्ञप्तिमा भने, ‘मैले शाहिनसँग कुरा गरेको छु र उनी यस घटनाबाट गहिरो दु:खी छन्। आशा छ कि उनी अक्टोबर सम्ममा खेलमा फर्कनेछन् ।
यो खबर बाहिर आएपछि पाकिस्तानका पूर्व कप्तान तथा प्रशिक्षक वकार युनिसले शाहिन अफ्रिदीको बहानामा भारतको खिल्ली उडाए ।
युनिसले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘शाहीनको चोट भारतका शीर्ष क्रमका ब्याट्सम्यानका लागि ठूलो राहत हो । उसलाई एसिया कपमा हेर्न नपाउनु दुखको कुरा हो ।
वकार युनिसले पनि शाहिन अफ्रिदीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
२२ वर्षका शाहिन अफ्रिदीले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट लिएका छन् । ३२ एकदिवसीय, २५ टेस्ट र ४० टी–२० खेलमा उनले क्रमश: ६२, ९९ र ४७ विकेट लिएका छन् ।
गत वर्ष अक्टोबरमा युएईमा नै टी–२० विश्वकप खेलिएको थियो । भारतविरुद्धको खेलमा शाहिन अफ्रिदीले भारतका शीर्ष ३ ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहलीलाई ३१ रनमा आउट गरेका थिए।
भारत त्यो खेल १० विकेटले पराजित भयो र त्यो जितसँगै पाकिस्तानले भारतलाई पहिलो पटक ओडीआई वा टी२० विश्वकपमा हराएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:५७
प्रतिक्रिया दिनुहोस्