Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकादेखि श्रीलंकासम्म खाद्यान्न अभाव हुनुको कारण के होला ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– पछिल्लो समय विश्वभर खाद्यान्न महँगो हुँदै गएको छ । यस्तै, खाद्यवस्तुको समेत अभाव बढ्दै गएको छ ।  यस्ता खाद्यान्न वस्तुको महँगाइ तथा अभावको  सामना गर्न मानिसहरू पनि तयार भइरहेका छन् । यसको मतलब मानिसहरू आफ्नो खाने बानी परिवर्तन गर्दैछन् ।  अमेरिकामा बिहान चार बजे बाट खानाको खोजी सुरु हुन्छ । अमेरिकाको जर्जियामा बस्ने डोना मार्टिन विद्यालयका बालबालिकालाई खाना खुवाउने गर्छिन् । उनी एक फुड शर्वरी डाइरेक्टर पनि  हुन् । उनको क्षेत्रको ४ हजार २ सय बालबालिकाको पेट भर्ने जिम्मा उनी माथि रहेको छ । यी सबै बालबालिकाहरू अमेरिकाको संघीय निःशुल्क विद्यालय भोजन कार्यक्रमसँग सम्बन्धित छन् । उनी भन्छिन् २२ हजार मानिसको समुदायमा दुईवटा मात्र किराना पसल छन् । सो ठाउँ ‘खानाको मरुभूमी’  भन्दा कम नभएको उनको भनाई छ । विगत एक वर्षदेखि अत्यावश्यक खाद्यवस्तु खरिदमा चुनौती महसुस गरिरहेको उनको भनाई छ ।  गत जुलाईमा वार्षिक खाद्य मुद्रास्फीति १०.९ प्रतिशत पुगेको छ, जुन सन् १९७९ यताकै उच्च हो । डोना मार्टिनका बिक्रेताहरूले खाद्यान्नको मूल्य बढेको कारण बिक्री गर्न बन्द गरेका छन् । अमेरिकाको फेडरल स्कुल मील्स प्रोग्रामले कडा नियमहरू पालना गर्दछ । यसको एउटा नियम अनुसार खानेकुरामा चिनी र नुनको मात्रा कम हुनुपर्छ । यसको मतलब डोना मार्टिनले अनाजदेखि ब्यागेल (गोल रोटी)दहीसम्मका विशेष प्रकारका चीजहरू अर्डर गर्नुपर्छ । डोना स्वीकार्छन् कि उनका बिक्रेताहरूले पनि चुनौतीहरूको सामना गरिरहेका छन् । लामो समयसम्म कामदार नपाउँदा विक्रेताले चालकलाई परिचालन गर्न सक्दैनन् । पछिल्लो एक वर्षमा इन्धनको मूल्य पनि ६० प्रतिशतले बढेको छ । डोनाले आफूलाई चाहिने चीजहरू प्राप्त नहुँदा विभिन्न उपायहरू निकालेर बालबालिकाहरूलाई खुवाउने गर्छिन् । प्राय जसो उनी र उनका सहयोगीहरू बिहान सबेरै र बेलुका रातिसम्म  विभिन्न मार्ट पसलहरू घुम्ने गर्छन । उनी भन्छिन्, “एक साता सम्म हामीले हरेक दिन सहरबाट दही किन्नुपर्थ्यो । धेरै केटाकेटीहरू छन् जो स्कुल आउन उत्साहित छन् । म चाहन्न कि उनीहरू घर गएर उनीहरूले भनुन् आमा आज मैले दही  खान पाईन् । श्रीलंकाको क्यान्डी सहरबाहिर बस्ने अनोमा कुमारी परंथलाको एउटा तरकारीको बगैचा छ जसमा कुनै समय धान उब्जाइन्थ्यो । तर अहिले उनी यसमा हरियो सिमी र पुदिना लगाएकी  छिन् । यहाँ उभिएर हेर्दा श्रीलंकाले आजकाल कस्तो अराजकताको सामना गरिरहेको छ थाहा छैन । श्रीलंकाको सरकार, अर्थव्यवस्था हाल ठूलो संकट सामना गरिरहेको छ । अहिले त्यहाँ औषधि, इन्धन, खाद्यवस्तु लगायत सबै कुराको अभाव छ । राम्रो जागिर भएका मानिसहरू पनि साधारण चीजहरू किन्न संघर्ष गरिरहेका छन् । परंथला भन्छिन् हाल मानिसहरू आफ्नो भविष्यको बारेमा चिन्तित छन् । उनीहरु खाद्यान्न अभावको कारण झनै आक्रोशित भएका छन् । परंथलाले किताब र युट्युबको सहयोगमा तरकारी खेती गर्न सिकेकी हुन् । अहिले उनको बगैँचा टमाटर, पालक, लौकी, अर्बी र आलुले भरिएको छ । श्रीलंकाका सबैजना उनी जस्तैै भाग्यमानी भने छैनन् । सबैसँग उनी  जस्तै धेरै जमिन छैन्न तर प्राय: सबै घरमा कागतीको रुखहरू छन् । नाइजेरियामा बस्ने इमानुएल ओनुओराको राजनीतिमा खासै चासो छैन् । उनी रोटी बनाउँन र बेच्न चाहन्छिन् । तर पछिल्लो समय उनीहरुलाई यो काम गर्न असम्भव भएको छ ।  उनी भन्छन्, “गत एक वर्षमा गहुँको पिठोको मूल्य २०० प्रतिशतभन्दा बढीले बढेको छ, चिनीको मूल्य पनि १५० प्रतिशत भन्दा बढीले बढेको छ र पकाउन प्रयोग गर्ने अण्डाको मूल्य पनि बढेको छ । यसको मूल्य १२० प्रतिशतले बढेको छ । मूल्य वृद्धिकै कारण उनले आफ्नो ३ सय ५० कर्मचारी मध्ये ३ सय ५ जनालाई निकाल्नु परेको उनी बताउँछिन् ।  नाइजीरियामा बिजुलीको पनि चरम अभाव रहेको छ । त्यहाँका मानिसहरू बिजुली अभावको पनि सामना गरिरहेको छ । यस्तो अवस्थामा अधिकांश व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न निजी डिजेल जेनेरेटर प्रयोग गर्नुपर्ने बाध्यता छ । तर इन्धनको मूल्य पनि ३० प्रतिशतले बढेको छ । नाइजेरिया तेलको धनी देश भएतापनि त्यहाँ सिमित मात्रामा तेल प्रशोधन केन्द्रहरू भएका कारण प्राय डिजेल आयात गर्नुपर्छ ।  यस्तै, एउटा भान्साघरले  ७५ जनालाई खाना खुवाउँछ । तर हरेक दिन आज के खाना खुवाउने भन्ने निधो गर्न जस्टिना फ्लोरेस लीमा लाई गार्‍यो पर्ने गरेको बताउछिन् । यो उनीहरुको लागि दिन प्रतिदिन बढ्दै गएको समस्या हो । महामारीको समयमा, उनले आफ्ना ६० छिमेकीहरूसँग सामुदायिक किचन बनाए । यी मध्ये धेरैजसो मानिसहरूले भान्सा, दासी र मालीको रूपमा काम गर्थे । तर फ्लोरेसले जस्तै, ति मध्ये अधिकांशले महामारीको समयमा आफ्नो जागिर गुमाए । जसको कारण उनीहरुलाई आफ्नो परिवार पाल्न गाह्रो भइरहेको थियो । यस्तो अवस्थामा उनले जस्टिना फ्लोरेसको घरबाहिर खाना पकाउन थाले । इन्धनको लागि तिनीहरूले सिफ्ट गरिएको काठ प्रयोग गर्थे । केही समयपछि उनले एउटा सानो झुपडी बनाए र स्थानीय पास्टरले उनलाई चुलो दिए । जस्टिना फ्लोरेसले बजारका पसलहरूलाई सामान्यतया बर्बाद हुने खाना र पेय दान गर्न अपील गरे । फलस्वरुप २ वर्ष पछि उनी र उनको साथिहरु मिलेर सामुदायिक किचनबाट हप्ताको ३ दिन ७५ जनालाई खाना खुवाउने गर्दछन् ।  मे २२ मा एक ट्विटर प्रयोगकर्ताले अरबी भाषामा ट्वीट लेखेका थिए । यस ट्विटमा उनले कुखुराको मासु उत्पादनका तस्बिरहरूलाई ’बाइकोट ग्रिडी चिकेन कम्पनीहरू’ ह्यासट्यागमा ट्याग गर्न आग्रह गरेका थिए । केही दिनपछि सलाम नसराला सुपरमार्केटबाट जोर्डनमा आफ्नो घर जाँदै थिए, जब उनले यो अभियान भाइरल भएको थाहा पाए । नसराला भन्छिन्, “हामीले सबै पक्षबाट यसको बारेमा सुनेका थियौं । हाम्रो परिवार र साथीहरूले यसबारे कुरा गरिरहेका थिए । र यो सामाजिक सञ्जालदेखि टिभीसम्म कभर भयो । जब उनले सुपरमार्केटबाट आफ्नो किनमेलको बिलमा सामानको मूल्य बढेको देखे, उनले यो अभियानलाई समर्थन गर्नबाट आफूलाई रोक्न सकेनन् । सलाम नसराला दुई सन्तानकी आमा हुन् र आफ्ना बाबुआमा, दिदीबहिनी, भतिजा र भतिजाका लागि खाना पकाउने गर्छिन् । जसमा उनले धेरै कुखुरा किन्ने गर्छिन् ।  जोर्डन सरकारले कुखुराको मासुको मूल्य नियन्त्रण गर्न अधिकतम मूल्यको प्रस्ताव गरेको थियो । त्यसमा कुखुरा फार्म मालिकहरू पनि तयार भए । तर मे महिनामा उनी मूल्य बढाउन बाध्य भए, त्यसपछि सामाजिक सञ्जालमा बहिष्कार सुरु भयो । उनी भन्छन्, ‘कुखुराको मासुले जनतामा आक्रोश ल्याएको छ, त्यो पनि अरू सबै कुराको मूल्य वृद्धिले गर्दा भएको हो । आन्दोलनले केही प्रभाव पारेकोमा सलाम नसराला खुसी भए पनि आन्दोलन मूल मुद्दामा नपुगेकोमा निराश भइन् । उनी भन्छिन्, ‘दुर्भाग्यवश साना किसान र कुखुरा बिक्रेताले बढी पीडा बेहोर्नुपरेको छ।’ तर किसानलाई चाहिने सबै कुराको मूल्य बढाउने ठूला व्यापारीलाई असर परेको छैन । (बीबीसी हिन्दीमा प्रकाशित यो लेखलाई ङिमु शेर्पाले भावानुवाद गरेकी हुन् )  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्