Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि (तस्वीरहरु)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ–शनिबार बेलुका दिवंगत भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आइतबार दिउँसो राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरिको राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय गिरीको श्रीमति र एक छोरा छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्