सरकारले दशैंलाई साढे ६ करोडको खसी र च्याङ्ग्रा किन्ने
काठमाडौं–सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ ।
कम्पनीको आइतबार बसेको बैठकले खसी र च्याङ्ग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ ।
बैठक स्रोतका अनुसार विनियोजित रकमबाट दुई हजार गोटा खसी र एक हजार च्याँग्रा खरिद गरिनेछ । कम्पनीले कोभिड–१९ को कारण देखाउँदै तीन वर्षयता च्याङ्ग्रा बेचेको थिए । यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्याँग्रा ल्याउने गरी तयारी कम्पनीको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:३९
प्रतिक्रिया दिनुहोस्