Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका प्रधानमन्त्रीलाई कोभिड संक्रमण

बिहीबार, मंसिर ८, २०७९
टोकियो - जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो-ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार