Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदीप भन्छन्– गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माणभएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् । ‘फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ । ३६ घन्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा फिल्म बनेको छ । फिल्मले हामी गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ,’फिल्म प्रदर्शनका लागि नेपालमा रहेका निर्देशक प्रदीप भन्छन् । निर्देशक शाहीले गोर्खालीलाई संसारले युद्ध गर्ने सैनिक भन्दा पनि गोर्खा सैनिकमा मानवता पनि छ भन्ने सन्देश दिन फिल्म निर्माण गरेको बताए । फिल्म नेपालअघि बेलायत र अमेरिकामा प्रदर्शन भइसकेको छ । प्रदीपको ‘गोर्खाः बिनिथ द ब्रेभरी’ पहिलो निर्देशकीय फिचर फिल्म हो । यसअघि उनले ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’लगायत थुप्रै सर्ट फिल्मको निर्देशन गरेर अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका छन् । फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । फिल्म यहि कथाको वरपर बनेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:२५
प्रतिक्रिया दिनुहोस्