जुम्लीले हेरे प्रदीपको प्रकाश (तस्वीरहरु)
काठमाडौं– आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को जुम्लामा पहिलोपटक वर्ल्ड प्रिमियर गरिएको छ । जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा फिल्म प्रदर्शन गरिएको हो ।
फिल्म हेर्नका लागि करिब ६ सय स्थानीय भेला भएका थिए । प्रिमियरमा सहभागिता जनाउन पुगेका अभिनेता प्रदीप खड्का र पटकथा लेखक विकास सुवेदीलाई गाउँलेले भव्य स्वागत पनि गरे । जुम्लामै छायाङ्कन गरिएको फिल्म भएकाले पनि स्थानीयको बाक्लो उपस्थिति थियो ।
स्थानीय प्रदीप र विकासलाई झाँकीसहित स्वागत गरेका थिए । निर्माता महेन्द्र अधिकारीका अनुसार स्थानीय कथावस्तु समेटिएकाले दर्शकले मजाले फिल्मको स्वाद लिएका थिए । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेणु योगीलगायतका कलाकारको अभिनय छ । फिल्मले शिक्षक बन्न चाहने एक जुम्ली युवाको सपनालाई समेटेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:५५
प्रतिक्रिया दिनुहोस्