प्रकाशलाई युनिभर्सल सर्टिफिकेट
काठमाडौं– यही भाद्र १० गतेबाट प्रदर्शन हुने फिल्म ‘प्रकाश’ लाई फिल्म सेन्सर बोर्डले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । आइतबार सेन्सर बोर्डका पदाधीकारीहरुले फिल्म हेरेपछि ‘यूनिभर्सल’ सर्टिफिकेट दिएका हुन् । यो सर्टिफिकेट पाएसँगै अब हरेक उमेरका दर्शकहरुले फिल्म हेर्न सक्नेछन् ।
फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा राजेश श्रेष्ठको छायाँकन, विकास सुवेदीको लेखन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:५५
प्रतिक्रिया दिनुहोस्