Nic Ad Nic Ad
Nic Ad Nic Ad

निरन्तरको संघर्षले नेल्सन मण्डेलाले पाएको सफलता

बिहीबार, मंसिर ८, २०७९
नेल्सन मण्डेलाले २७ वर्ष जेलमा काटेका थिए । सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय दवावकै कारण दक्षिण अफ्रिकी सरकारले उनलाई सशर्त जेलबाट मुक्त गर्ने प्रस्ताव राखेको थियो, जुन उनले अस्वीकार गरे । परिणामस्वरुप उनले थप पाँच वर्ष जेलमा बस्नु पर्‍यो । उनी ७३ वर्षको उमेरमा बल्ल जेलबाट निस्के । सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित उनी १९९४ मा राष्ट्रपति समेत बने । ‘संघर्ष नै मेरो जीवन हो’ भन्ने मण्डेलाले आफ्नो जीवनकालमा देश स्वतन्त्र हुने अनुमान गरेका थिएनन् । उनी भावी पुस्ताको लागि लड्दै थिए । लक्ष्यमा पुग्नुभन्दा कर्ममा रमाउने मानसिकता बोकेका यिनले जेल जानुपूर्व देश छोड्न आएका प्रस्ताव एवम् धम्कीलाई वास्ता नगरी संघर्षमै रमाउँदै रहे । मण्डेला जुन जेलमा कैद थिए उनले त्यहाँका सम्पूर्ण  कैदीलाई सिकाउने, जगाउने काम जारी राखी जेललाई विश्व-विद्यालयमा परिणत गरेका थिए । साभार : ‘नव सफलता शास्त्रा’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्