अचम्मको आफ्नै मुद्रा, झण्डा भएको स्वघोषित देश, जहाँ केवल २६ जना मात्रै छन्
विश्वका अधिकांश देशमा लाखौ जनसंख्या हुन्छ । केहि हजारौ जनसंख्या भएका देशहरु पनि छन् । तर विश्वमा एक मात्र यस्तो स्वघोषित देश छ जहा“ केवल २६ जना मात्र छन् । जबकी ४४ हेक्टरमा मात्र फैलिएको विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटिमा समेत ८२५ जनसंख्या छ ।
२६ जना भएको स्थान देश त परको कुरा यो न त जिल्ला न त कुनै स्थानीय तह, केहि नै हुँदैन । यहाँसम्मकी एउटा टोलमा समेत २६ जनाभन्दा बढी संख्यामा मानिस हुन्छन् । अझ भनौ एउटै संयुक्त परिवारमा पनि २६ जना हुन सक्छन् । तर अष्ट्रेलिया महादेशमा एक यस्तो स्वघोषित (माइक्रो) देश अवस्थित छ जहा“ मात्र २६ जना जनसंख्या छ ।
अष्ट्रेलिया महादेशमा स्थित प्रिन्सिप्यालिटी अफ हट रिवरमा एक परिवारका २६ जना मात्र बस्दै आएका छन् । कुल ७५ स्क्वायर किलोमिटर क्षेत्रमा फैलिएको प्रिन्सिप्यालिटी अफ हट रिवर नामक उक्त देश सन् १९७० मा स्वघोषित देश बनेको थियो । उक्त देश प्रवेशका लागि साढे चार लाख नेपाली रुपैँया खर्चिए सजिलै भिसा पाइन्छ ।
यो माइक्रोनेशन स्थापित गर्ने ब्यक्ति लियोनार्ड कस्ले हुन् । पहिले अष्ट्रेलियाको क्षेत्रमा पर्ने उक्त देश साधारण कारणले स्वघोषित देशका रुपमा स्थापित भएको थियो । सन् १९६९ मा कुनै पनि किसानले सरकारलाई एक सय एकड भन्दा बढी जग्गामा उब्जाइएको गहु“ बेच्न पाइँदैन थियो । जबकी लियोनार्डको साथमा १३ सय एकड भन्दा बढी खेती थियो । सरकारले उनको सबै अन्न नकिनी दिंदा हरेक बर्ष लियोनार्ड क्षति व्यहोर्न बाध्य हुन्थे ।
सरकारले उनलाई राहत दिलाउने कुनै उपाय नदिएपछि लियोनार्डले अष्ट्रेलियाबाट छुटेर स्वघोषित देश घोषणा गरे । त्यहि स्वघोषित देशको नाम प्रिन्सिप्यालिटी अफ हट रिवरका रुपमा स्थापित भयो । सायद तपाईलाई पत्याउन मुस्किल पर्ला उक्त देशमा आफ्नै झण्डा र मुद्रा समेत छ । उक्त देशमा प्राकृतिक सुन्दरता र पिंक रङ्गको नदि बाहेक अरु केहि छैन ।
तस्बिर : इन्टरनेट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५५
प्रतिक्रिया दिनुहोस्