Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमबाप्पले गरे आठ सेकेण्डमै गोल

बिहीबार, मंसिर ८, २०७९
पेरिस - केलियन एमबाप्पेले आठ सेकेण्डमै गोल गर्दै लिग वानकै कीर्तिमान मात्रै बनाएनन्, ह्याट्रिक पनि पूरा गरेका छन् । यसकै सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार लिललाई ७-१ ले हरायो । सातामा अहिलेसम्मकै सबैभन्दा बढी ११ रातो कार्डले पनि चर्चा पायो ।   एमबाप्पेले ३० वर्ष पुरानो कीर्तिमान बराबरी गर्नेक्रममा लियोनल मेसीको पास उपयोग गरे । उनले लिलेका गोलकिपर लियसे जोर्डिमलाई चकित पार्दै सिजनको दोस्रो गोल गरेका थिए । उनको उक्त गोलमा मिचेल रियोले काएनका लागि कान्सविरुद्ध फेब्रुअरी १५, १९९२ मा गरेको सबैभन्दा छिटो गोलको कीर्तिमान बराबरी गर्यो । तथ्यांकसम्बन्धी कार्यरत मिस्टरचिपको तुलनामा भने रियोको गोल केही चाँडै भएको छ । उनले ७.९ सेकेन्ड र एमबाप्पेले ८.३ सेकेन्डमा गोल गरेको तथ्यांक छ । त्यसपछि खुला रूपमा पाएको अवसरमा भने एमबाप्पे बल पोस्टमा प्रहार गरे । तर, मेसी, असरफ हकिमी र नेयमरले गोल गर्दै पहिलो हाफमै पीएसजीलाई फराकिलो अग्रता दिलाए । पीएसजीका दुई सुपर स्टार एमबाप्पे र नेयमरको विवादका कथाले तनाव सिर्जना भएको थियो । ब्राजिली स्टारले दुई गोल गरे भने एमबाप्पेले तीन गोल । ‘यो वास्तवमै सन्तोषजनक थियो कि उनीहरू मैदानमा खुसी देखिए, एकअर्काको साथमा खेले,’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाटियरले भने, ‘पक्कै पनि त्यहाँ प्रतिभा छ र ती प्रतिभाहरू एकसाथ हुँदा खेल नै धेरै रमाइलो हुन्छ ।’ नेयमरले टिमको पाँचौं गोल दोस्रो हाफको सुरुमै गरे । लिलका जोनाथन बाम्बाले गोल गरेपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे, जसका लागि नेयमरले बल उपलब्ध गराएका थिए । यो साताका खेलहरू फ्रान्सेली फुटबलमै अत्यधिक रातो कार्ड देखाएरै टुंगिए, जुन रेफ्रीले खेल नियन्त्रणमा लिने क्रममा भए । मोनाकोका भेन्डरसन र मार्सेका सामुयल गिगोटलाई शनिबार रातो कार्ड दिइएपछि आइतबार ९ खेलाडीले रातो कार्ड पाए । तथ्यांकसम्बन्धी कम्पनी ओप्टाका अनुसार लिग वानको एक चरणमा ३० वर्षयताकै सबैभन्दा बढी रातो कार्ड देखाइएको हो । लिग टु मा पनि सात रातो कार्ड देखाइयो । सेन्ट-इसेनले घरेलु मैदानमा ले हार्भेविरुद्ध ६-० ले हारेको खेलमा मात्रै तीन रातो कार्ड दिइएको थियो । एएफपी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:०५
प्रतिक्रिया दिनुहोस्