Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिम्बावेविरुद्ध भारतको ‘क्लिन स्वीप’

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - जिम्बावेसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा पाहुना टोली भारतले ‘क्लिन स्वीप’ गरेको छ । गए राति भएको तेस्रो एक दिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो । जितका लागि २९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ११५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एक दिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । गिलले सर्वाधिक १३० रनको शतकीय पारी खेले । सिनियर टोलीबाट गिलको यो पहिलो शतक हो । जिम्बावेका ब्राड इभान्सले ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:०५
प्रतिक्रिया दिनुहोस्