Nic Ad Nic Ad
Nic Ad Nic Ad

ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - ङादी गुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउने छन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:५१
प्रतिक्रिया दिनुहोस्