फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग गर्दै काठमाडौं महानगर कार्यालय अगाडि प्रदर्शन {तस्वीरहरु}
काठमाडौं - सडक ब्यापारीहरुले फुटपाथमा ब्यापार गर्न पाउनु पर्ने मागसहित आज (मंगलबार) काठमाडौ महानगरपालिकाको कार्यालय अघि प्रदर्शन गरेका छन् ।
‘स्वतन्त्र राष्ट्रबादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा आज उनीहरुले र्यालीसहित प्रदर्शन गरेका छन् । कालिमाटीमा भेला भई नारा र्यालीसहिय आएका उनीहरुले महानगरपालिकाको कार्यालय अघि मेयर बालेन्द्र शाहबिरुद्ध नाराबाजी समेत गरेका छन् ।
उनीहरुले महानगर प्रहरीले लगेको आफ्नो सामान बिना शर्त फिर्ता गर्न पर्ने, आफूहरुले निर्धक्क सडकमा ब्यापार गर्न पाउनु पर्ने जस्ता माग राखेका छन् ।
सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनु पर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित ब्याबस्थापन राज्यले गर्नुपर्छ बिना विकल्प बिस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेको अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिकहरु र राज्यका बीचमा भएका सम्झौताहरु कार्यन्वयन गर्नुपर्ने मागसहित महानगरका प्रशासन प्रमुख महेश काफ्लेलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१०
प्रतिक्रिया दिनुहोस्