Nic Ad Nic Ad
Nic Ad Nic Ad

साइकल चढेर २४ घण्टामा ७ देश घुम्ने को हुन् विश्व कीर्तिमानी ?

शुक्रबार, मंसिर ९, २०७९
एक दिनमा कुनै एक मानिसलद्दे कति स्थानको यात्रा गर्न सक्ला ? केहि शहर वा बढिमा एक देशबाट अर्को देशसम्मको यात्रा हुनसक्छ । तर हंगेरीका डेभिड कोवारीले भने मात्र २४ घण्टामा ७ वटा देशको यात्रा गरेर विश्व कीर्तिमान राखे । त्यो पनि साइकलमा । डेभिडले २४ घण्टामा ७ वटा देशको यात्रा पूरा गरेर सन् २०१७ मा विश्व कीर्तिमान कायम गरेका थिए । अहिलेसम्म उनको रेकर्ड कसैले तोडेको छैन । उनले यात्रामा निस्कनु अघि विश्व रेकर्डको बारेमा जानकारी लिए र त्यसलाई तोड्ने लक्ष्यका साथ साइकल लिएर निस्किए । उनले मात्र २४ घण्टामा ७ वटा देशको यात्रा पुरा गरे । सन् २०१३ मा पनि २४ घण्टामा युरोपका चार तदद्धवटा देशको यात्रा गरेर ग्लेन बर्मिस्टर नामका व्यक्तिले विश्व रेकर्ड राखेका थिए । त्यसबेला ग्लेनले चेक गणतन्त्र, अस्ट्रिया, स्लोभाकिया र हंगेरीको यात्रा गरी विश्व रेकर्ड राखेका थिए । त्यसको केहि समयपछि कास्र्टेन कोहलरले पाँच वटा देश घुमेर ग्लनेको कीर्तिमान तोडे । कास्र्टेनले बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्स घुमेर विश्व रेकर्ड राखेका थिए । कास्र्टेनपछि जर्मनीका माइकल मलले सन् २०१६ मा इटाली, स्विजरल्याण्ड, लिचेस्टेन्सटीन, अस्ट्रिया, जर्मनी र फ्रान्स ६ वटा देशको यात्रा २४ घण्टामा पुरा गरी कीर्तीमान राखे । तर माइकलको पनि कीर्तीमान तोड्दै डेभिडले पोल्याण्डबाट यात्रा सुरु गरी चेक गणतन्त्र, स्लोभाकिया, अस्ट्रिया, हंगेरी, स्लोभेनिया र क्रोएसियाको यात्रा मात्र २४ घण्टामा पूरा गरे । यस क्रममा डेभिडले ५ सय किलोमिटर हाराहारीमा यात्रा गरेका थिए । डेभिड नै अहिलेसम्म साइकलमा २४ घण्टामा सबैभन्दा बढि देश घुम्ने व्यक्ति बनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०८
प्रतिक्रिया दिनुहोस्