Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता मानिस मृत्युपछि नर्क जान्छन्

बिहीबार, मंसिर ८, २०७९
हरेक धर्ममा मानिसको मृत्युपछि उसले जीवित रहँदा गरेको पापपुण्यको आधारमा उ स्वर्ग वा नर्क जाने मान्यता छ । अधिकाशं हिन्दु धर्म शास्त्रमा मानिसको मृत्युपछि कर्म अनुसार स्वर्ग वा नर्क जाने लेखिएको छ । स्वर्ग जान राम्रो र अरुको भलाई हुने काम गर्नुपर्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी गलत कर्म गर्नेलाई पाप लाग्ने भन्दै त्यस्ता मानिस पापको भुक्तान गर्न नरक जाने लेखिएको छ । गरुड पुराणमा नराम्रा काम गर्ने व्यक्तिहरु नर्क जाने उल्लेख छ । पुराण अनुसार धर्तीमा नराम्रा काम गर्ने मानिसको मृत्यु पछि नर्कमा गई पाप अनुसारको कठोर सजाय भोग्नुपर्छ । यी हुन् धार्मिक मान्यता अनुसार नर्कमा जाने पापहरु : - शिशु हत्या पुराण अनुसार नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जान्छन् । शिशु हत्यालाई महापाप भनिएको छ । शिशुको हत्या गर्नेले अनिवार्य कठोर सजाय पाउने पुराणमा उल्लेख छ । - गर्भवती महिलाको हत्या आमा बन्ने क्षमताका कारण शास्त्रमा नारीलाई प्रकृतीसँग जोडिएको छ । त्यसैले पुराण अनुसार कुनै पनि गर्भवती महिलाको हत्या गर्नु महापाप हो । गर्भवती महिलाको हत्या गर्ने ब्यक्ति नर्कमा जाने र कठोर सजाय पाउने धार्मिक विश्वास छ । - नारीको इज्जत लुट्ने पुराण अनुसार नारीको इज्जत लुट्ने जोकोही नर्कको भागिदार हुन्छन् । नारीको स्विकृति बिना वा छलद्वारा इज्जत लुट्ने हरेकलाई नर्कमा कठोर भन्दा कठोर सजाय दिइने धार्मिक विश्वास छ । इज्जत लुट्न मात्र नभई त्यस कार्यमा सघाउने समेत नर्कमा जाने उल्लेख छ । - विश्वासघाती पुराण अनुसार आफूमाथि विश्वास गर्ने ब्यक्तिलाई धोका दिने वा विश्वासघात गर्ने ब्यक्ति पनि नर्क जान्छन् । विश्वासघातीले नर्कमा कठोर सजाय पाउने धार्मिक विश्वास गरिन्छ । असल ब्यक्तिलाई धोका दिने र मनपरी अपशब्द बोल्ने मानिस पनि नर्क जाने उल्लेख छ । - पूजास्थलको अपमान गर्ने कुनै धार्मिक कार्य वा पूजा भइरहेको स्थानमा अवरोध गर्ने वा सो स्थानमा आई पूजाकर्ताको अपमान गर्ने ब्यक्ति पनि नर्क जाने पुराणमा उल्लेख छ । धार्मिक काम वा स्थलको अपमान गर्नु महापाप हुने र यस्तो काम गर्नेले नर्कमा कठोर सजाय पाउने धार्मिक विश्वास छ । - अर्काको खुशी खोस्ने आफ्नो स्वार्थका लागि अरुको खुशी खोस्ने मानिस पनि नर्क जाने पुराणमा उल्लेख छ । अर्काको खुशी भंग गर्नेहरु मृत्युपछि नर्कमा गई कठोर सजाय पाउने पुराणमा लेखिएको छ । - धनी भएर पनि सहयोग नगर्ने पर्याप्त धन भएर पनि खान, लाउन नसक्ने गरिव तथा अपाङ्गलाई सहयोग नगर्ने लोभी मानिस नर्कमा जाने धार्मिक विश्वास छ । सम्पन्न भएर पनि अभावमा रहेकालाई उपेक्षा गर्नेहरु मृत्यु पछि नर्कमा जाने र कठोर सजाय भोग्नुपर्ने गरुड पुराणमा उल्लेख छ । - पाहुनाको बेज्जत गर्ने पहिले पहिले बेलुकी घर आएका अपरिचितलाई पनि भगवान मानि पाहुनाका रुपमा आतिथ्यता गरिन्थ्यो । यसरी घरमा आएका पाहुनाको बेज्जत वा अपमान गर्ने र भोकै पठाउनेलाई मृत्युपछि नर्क जानुपर्ने गरुण पुराणमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:५८
प्रतिक्रिया दिनुहोस्