Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिबन्ध हटाउन भारतको फिफालाई अनुरोध

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - अल इण्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा) लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ । सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भङ्ग गरेपछि एआईएफएफले पत्र लेख्दै निणर्यमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो । अल इण्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो । एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो । भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन बेहोर्नु परेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्