Nic Ad Nic Ad
Nic Ad Nic Ad

झिँगेदाउको टल टल टल टलक्कै

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त तथा सुरेश लामाको स्वर छ । फिल्मका मुख्य कलाकार केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमा भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ । भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित पिःल्मले दाजुभाई र देउरानी–जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ । https://www.youtube.com/watch?v=tPzOzcN5euk
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार