Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक रोक्ने षड्यन्त्र भएको भन्दै प्रर्दशन (तस्वीरहरू)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ रोक्ने षड्यन्त्र भएको भन्दै काठमाडौँमा खबरदारी र्‍याली गरिएको छ ।  नेपाल एनिमल साइन्स एशोसियसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको सयुक्त आयोजनामा पशु नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय अध्यक्ष जनक बहादुर रावलको नेतृत्वमा स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक, २०७८ रोक्ने षड्यन्त्रका विरुद्ध खबरदारी र्‍याली सभा गरिएको छ।  कार्यक्रममा  दिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु विकासको आवश्यकता,, प्राविधिक र विशेषज्ञको थिचोमिचो  , राष्ट्रिय सभामा पेश भएको पशु सेवा विधेयक अभिलम्ब पास गर्नुपर्ने माग राखेका छन्  । कार्यक्रममा निजामती कर्मचारीहरू लगायत नेपाल एनिमल साइन्स एशोसियसनका अध्यक्ष श्रीराम न्यौपाने, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनका अध्यक्ष राम प्रसाद मेहता र  नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनक बहादुर रावलको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्