सामसङ टिभी अर्को वर्षदेखि नेपालमै उत्पादन हुने
काठमाडौँ– कोरियाको प्रख्यात सामसङ टिभी अर्को वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ ।
कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेकट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेकट्रोनिक्सको संयुक्त लगानीमा नेपालमा टिभी उत्पादन हुने भएको हो ।
दुई कम्पनीले बुधबार नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभी निर्माण कारखानाको शिलान्यास भएको छ ।
नवलपरासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गरे ।
कारखानाको शिलान्यास कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सामसङ कम्पनीको उद्योगको शिलान्यास हुनु नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण सन्देश भएको बताए ।
सरकारले नेपालमा लगानीको वातावरण निर्माणको लागि आवश्यक सबै तयारी गरिसकेको उल्लेख गर्दै मन्त्री बडुले नेपाल विदेशी लगानीको आकर्षक गन्तव्य भएको बताए ।
कारखाना सन् २०२३ मै सञ्चालनमा ल्याउन लागिएको कुल ५० करोड लगानी हुने नेपाली साझेदार एवम् गोल्छा अर्गनाइजेसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बताए ।
फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्च सम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ ।
सामसङ दक्षिण कोरियाको प्रविधिको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा ३ सय देखि ५ सय महिलाले रोजगारी पाउने अध्यक्ष गोल्छाले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:०४
प्रतिक्रिया दिनुहोस्