तेक्वान्दोका रेफ्री र प्रशिक्षकलाई सेमिनार र रिफ्रेशर कोर्स
बारा । नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दोका रेफ्री र प्रशिक्षकहरूलाई धनुषामा मधेश प्रदेश स्तरीय रेफ्री सेमिनार र रिफ्रेशर कोर्स प्रदान गरेको छ ।
राष्ट्रिय कार्यक्रम अन्तर्गत सङ्घले दसौँ राष्ट्रिय क्युरोगी तेक्वान्दो रेफ्री सेमिनार र एघारौँ रेफ्री रिफ्रेशर कोर्स आयोजना गरेको मधेस प्रदेशका महासचिव राजकुमार लामाले जानकारी दिए । चार दिने रेफ्री सेमिनार र रिफ्रेशर कोर्स आज सम्पन्न भएको हो ।
नेपाल तेक्वान्दो संघ धनुषाको समन्वयमा आयोजित सेमिनारमा बारासहित मधेस प्रदेशका सात जिल्लाका ४० जना रेफ्री र प्रशिक्षकहरूको सहभागिता थियो ।
सेमिनारमा संघका केन्द्रीय महासचिव दीपराज गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक एवम् तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा, अन्तर्राष्ट्रिय निर्णायक भिमलाल विश्वकर्मा, राष्ट्रिय निर्णायक कविराज खड्गी लगायतले सहजीकरण गरेका थिए ।
प्रशिक्षक र रेफ्रीको क्षमता अभिवृद्धिका आयोजित सेमिनारमा प्रदेश भरीका रेफ्री र दुई डान लिएका लिएका प्रशिक्षक सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५०
प्रतिक्रिया दिनुहोस्