नेपाल र केन्याबीचको टी-२० क्रिकेट श्रृङ्खला आजदेखि
काठमाडौं - नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट श्रृङ्खला आज (बिहीबार) बाट शुरु हुँदैछ ।
पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा शुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।
नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५१
प्रतिक्रिया दिनुहोस्