Nic Ad Nic Ad
Nic Ad Nic Ad

सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्थाले भदौ ९ गते देखि १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५५
प्रतिक्रिया दिनुहोस्