प्रिमियरमा रुचाइयो प्रकाश (तस्वीरहरु)
काठमाडौं– भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ले गत बुधबार राजधानीमा प्रिमियर गरेको छ ।
बिग मुभिजको दुईवटा हल बुक गरेर ५ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुलाई फिल्म देखाइँदा अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।
अधिकांशले फिल्मका प्रमुख पात्र प्रदीप खड्काको अभिनयको तारिफ गरेका थिए । २ घन्टा ७ मिनेट लम्बाईको ‘प्रकाश’ले शिक्षक बन्ने सपना बोकेको जुम्लाको एक युवकको संघर्षको कथा भनेको छ ।
फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:२४
प्रतिक्रिया दिनुहोस्