Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा विद्यालय कर्मचारीहरूको धर्ना {तस्बीरहरु}

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - सेवा-सुविधा अभिवृद्धि र ग्यारेन्टीको माग गर्दै ‘नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समिति काठमाडौ’ मा आवद्ध कर्मचारीहरुले आज (बिहीबार) काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । उनीहरुले सरकारले आफूहरुको सेवा सुविधाको तत्काल पूर्ण ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३६,७३०, विद्यालय सहयोगीहरूका लागि  २६,२१० रुपैंयाँ तलव सुविधा उपलब्ध गराउनु पर्ने माग राखेका छन् । यस्तै ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरुका लागि नेपाल सरकारले तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने, संघीय शिक्षा ऐन / शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुयाई स्वतः स्थायी प्रक्रियामा लगिनु पर्ने माग अघि सारेका छन् । त्यस्तै संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका अवकाश भईसकेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा, सन्तति वृत्ति आदिको प्रबन्ध गरिनु पर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटक-पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनु पर्ने माग राखेका छन् । सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेको र आफैले गरेको सहमति पालना नगरेका कारण काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिनुपरेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गा तिवारीले बताए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्