नेभिगेशन
मनोरञ्जन

१५ दिनपछि होसमा आए राजु श्रीवास्तव

मुम्बई– अस्पतालमा भर्ना भएका कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । उनका निजी सचिवका अनुसार बिहीबार उनलाई होस आएको हो । उनी होसमा आएपछि एम्स अस्पताल दिल्लीका डाक्टरहरुले निगरानी बढाएका छन् । छातीमा दुखाई र जिम वर्कआउटका कारण गत अगष्ट १० मा उनलाई हृदयघात भएको थियो । राजुका साथी अन्नू अवस्थीले फेसबुकमा एक भिडियो राख्दै राजुलाई होस आएको जानकारी दिएका छन् । ‘राजुलाई होस आएको छ । तपाईंहरुको प्रार्थनाले काम गरेको छ,’ उनले लेखेका छन् । उनका अनुसार राजुले परिवारसँग पनि कुराकानी गरेका छन् । केही दिनअघि अस्पतालले उनको दिमागबाहेक शरीरका सबै अंगले काम गरेको जनाएको थियो । ब्रेनको इन्फेक्सन पनि हटाइएको छ । उनलाई न्यूरो फिजियोथेरापी दिइरहिएको छ । –एबीपी लाइभ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन