Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिन्दी र नेपाली भर्सनमा प्रेमगीत ३ को गीत

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–असोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सनमा गीत सार्वजनिक भएको छ । बिहीबार जी म्युजिक कम्पनी युट्युब च्यानलबाट ‘कोही ना कोही नाता हे’ बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट ‘मायाको गाउँ’ बोलको नेपाली गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । जुबिनको स्वर रहेको ‘कोही ना कोही नाता हे’ गीतमा सुवास कालेको शब्द र पवनदीप राजनको संगीत छ। ‘मायाको गाउँ’ बोलको गीतमा प्रताप दासको स्वर छ। विष्णु भण्डारीको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत छ भने देवेश राईको एरेन्ज छ। सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङकै हो । फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतको पनि अभिनय छ । https://www.youtube.com/watch?v=nsa8c0yJxN4   https://www.youtube.com/watch?v=iuFo6Qg-P-4
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०९
प्रतिक्रिया दिनुहोस्