Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन बोर्डको लेटरहेड दुरुप्रयोग गरी १४ कलाकारको नाममा नर्वेको भिसा माग !

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– केन्द्रीय अनुसन्धान व्युरोले नेपाल पर्यटन बोर्डको लेटरहेड दुरुप्रयोग गरी विभिन्न कलाकार सहितलाई नर्वेको भिसा प्रदान गर्न सिफारिस गरिएको सम्बन्धमा अनुसन्धान थालेको छ। सिआइबीका प्रवक्ता कमल थापाले भने, ‘केही दिनअघि उजुरी प्राप्त भएको छ । पर्यटन बोर्डको लेटरहेड दुरुपयोग गरेर नर्वेसहितका युरोपेली देशको भ्रमण गर्न मिल्ने गरी सेन्जेन भिसा उपलब्ध गराउन दूतावासलाई सिफारिस गरिएको भन्ने उजुरी प्राप्त भएको हो ।’ पर्यटन बोर्डले उजुरी दिएको र आफूहरु अनुसन्धानको क्रममा रहेको प्रवक्ता थापाले बताए । बोर्डको लेटरहेडमा कलाकार केकी अधिकारी तथा आर्यन सिग्देलसहितलाई चलचित्र छायाँकनका लागि जाने भएकाले सेन्जेन भिसा प्रदान गर्न सिफारिस गरिएको पत्रबारे नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासले यही भदौ १ गते बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई इमले पठाएर जानकारी माग गरेको थियो । त्यसपछि घटना बाहिरिएको हो । रेग्मीले आफूले त्यस्तो सिफारिस नगरेको बताएका छन् । पत्रमा रहेको हस्ताक्षर रेग्मीको रहे नरहेको यकिन गर्ने र त्यसपछि थप अनुसन्धान हुने जनाइएको छ । घटना सार्वजनिक भएपछि केकीसहितका कलाकारले घटनाबारे आफूहरुलाई थाहा नभएको बताएका छन् । सिआइबीले भने आफूहरु अहिले अनुसन्धानको सुरुवाती चरणमा रहेको र विस्तृत अध्ययन गरेपछि थप बताउन सक्ने उल्लेख गरेको छ । अहिलेसम्म आफूहरुले अनुसन्धानका लागि कसैलाई पनि बोलाइनसकेको सिआइबीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार