यसरी भत्काइयो बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना (फोटोफिचर)
काठमाडौँ– काठमाडौँका मेयर बालेन्द्र शाहले बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएका छन्।
अल्फाबिटाका सञ्चालककाे दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काएको छ। अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।
अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए।
काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्