Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरबारविहीन भए काना यारी गायक वहाब अली

बिहीबार, मंसिर ८, २०७९
लाहोर– पाकिस्तानका लोकप्रिय गायक वहाब अली बुगती हालका दिनमा समस्या परेका छन् । पाकिस्तानमा केही समययता बाढीको प्रकोप बढेको छ । जसकारण यी गायक अहिले घरबारविहिन बनेका छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले वहाबको फोटो राखेका छन् । फोटोमा उनी परिवारका साथ खराब अवस्थामा देखिएका छन् । फोटो सार्वजनिक भएपछि गायकका फ्यानले सामाजिक सञ्जालमा गायकलाई सहयोग गर्न अपिल गरेका छन् । वहाबले कोक स्टुडियोमा ‘काना यारी’ गीत गाएर लोकप्रियता कमाएका थिए । फोटोमा वहाब आफ्नो सन्तानसँग बाहिर खुल्ला स्थानमा बसेको देख्न सकिन्छ । फोटो हेर्दा घर नभएपछि उनको परिवार सडकमा आएको अनुमान गरिएको छ । यी गायकको जीवन राम्रै चलिरहँदा अचानक आएको बाढीले उनका राम्रो जीवन खराब बनाइदिएको छ । वहाब नसीराबाद, बलोचिस्तान, पाकिस्तानका हुन् । उनी एक बलौची पाकिस्तानी गायक हुन् । उनको विवाह भइसकेको छ र एक छोरा पनि छ । जसको नाम समीर खान हो । वहाबले सन् २०२२ मा रिलिज पाकिस्तानी टेलिभिजन सिरिज कोक स्टूडियोबाट पहिचान पाए । जहाँ उनले प्रख्यात गीत ‘काना यारी’ गाएका थिए । –दैनिक भास्कर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२१
प्रतिक्रिया दिनुहोस्