Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– केन्याले नेपाललाई जीतका लागि १३१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभर को खेलमा ८ विकेट गुमाएर १३० रन बनायो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रन बनाए भने अर्का खेलाडी लुकास ओलुचले ३० रन जोडे । नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३ विकेट , सन्दीप लामिछानेले २ विकेट र दीपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले १ /१ विकेट लिए । नेपाल र केन्याबीचको क्रिकेट सिरिज आजबाट केन्याको नैरानीमा सुरु भएको हो । केन्यामा नेपालले ५ वटा टी–२० र तीन एक दिवसीय खेल खल्ने छ । नेपालका लागि यो सिरिज टी–२० वरीयता सुधार गर्नका लागि महत्त्वपूर्ण हुनेछ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३१
प्रतिक्रिया दिनुहोस्