दिनहुँ प्रयोग हुने यी चार चिजको पुरा नाम थाहा पाउनुहोस्
आजकलका मानिसहरु यति व्यस्त छन् कि दैनिक जीवनमा प्रयोग गरिरहने वस्तुको समेत कतिपयलाई पूर्ण जानकारी हुँदैन । जसको नाम जेबाट चर्चित बनेको छ मानिसले त्यसको वास्तविक नाम नै नजानी चर्चित नामले नै चिन्ने गर्दछ । यस्ता केहि वस्तुका बारेमा आज हामी जानकारी दिदैछौ जसको पूर्ण नाम भने चर्चाको नाम भन्दा फरक छ ।
सिम कार्डको पुरा नाम
मोबाइल फोनमा कुराकानी गर्न एउटा नम्बरको आवश्यकता हुन्छ । जसलाई धेरैले सिम कार्ड भनेर चिन्छन् । तर यसको पुरा नाम के हो त ? सिमको पुरा नाम, सब्सक्राइबर आइडेण्टीटी माड्यूल (Subscriber Identity Module) हो ।
पिडिएफको पुरा नाम
कार्यालयमा काम गर्ने वा कम्प्युटर चलाउनेहरु अधिकांशले पिडिएफ फाइल चलाउने गर्नु भएको होला । अनलाइन डक्यूमेन्ट्स पिडिएफ फर्मेटमा हुन्छ । साथै धेरै कार्यालयले यसलाई पिडिएफमा नै प्रयोग गर्दछ । तर यसको पुरा नाम के हो त ? पिडिएफको पुरा नाम हो, पोर्टेबल डाक्यूमेन्ट फर्मेट (Portable Document Format) ।
प्यान (पेन) कार्डको पुरा नाम
प्यान वा पेन कार्डलाई एक परिचयपत्रको रुपमा प्रयोग गरिन्छ । तर धेरैलाई यसको पुरा नाम थाहा हुँदैन । यसको पुरा नाम हो, पर्मानेन्ट अकाउण्ट नम्बर (Permanent Account Number) ।
- एटिएमको पुरा नाम
पैसा निकाल्न हामी एटीएम मेशिनको प्रयोग गर्छौ । तर एटिएमको पुरा नाम चाँहि के हो ? एटीएमको पुरा नाम अटोमैटेड टेलर मशिन (Automated Teller machine) हो ।
zeenews.india.com
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्