निहारिकाले करिश्मालाई फिर्ता गरिन् २१ हजार रुपैंयाँ
काठमाडौं– गत असारमा अनसन बस्दा निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरबाट पाएको २० हजार रुपैंयाँ शुक्रबार फिर्ता गरेकी छन् । करिश्माले दिएको २० हजारमा उनी आफैंले १ हजार थपेर २१ हजार रुपैंयाँ दिएकी हुन् । निहारिकाले उनको छोरालाई करिश्माले किनिदिएको चश्मा पनि फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न ललितपुरको गोदावरीमा रहेको करिश्मा निवासमा निहारिका पुगेकी थिइन् । तर करिश्मा आफूले आयोजना गरेको तीज कार्यक्रममा गएको थाहा पाएपछि निहारिका सोही स्थानमा पुगेकी थिइन् ।
करिश्माले निहारिकाको समस्या देखेपछि उनलाई धर्मसन्तानको रुपमा लिने भन्दै उनको छोराको पनि पालनपोषण गर्ने उल्लेख गरेकी थिइन् । तर गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच विवाद सुरु भएको थियो ।
निहारिकाले गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो । सोही क्रममा पैसा भुईंमा खसेपछि अर्की महिलाले पैसा उठाएर करिश्मालाई दिएकी थिइन् । करिश्माले निजी तस्वीर सेयर गर्दै आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् ।
करिश्माले पैसा लिन आनाकानी गरे पनि पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने तयारीमा छिन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०७
प्रतिक्रिया दिनुहोस्