Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदीप भन्छन्–हलवालाको नियतमा खोट देखें

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ–शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’का अभिनेता प्रदीप खड्काले आफ्नो फिल्मलाई हलवालाले विभेदा गरेको भन्दै आक्रोश पोखेका छन् । शुक्रबार काठमाडौंमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएकोले कसैको फिल्मको बाहिरी मुहार हेरेर त्यसमाथि ट्याग लगाउन नमिल्ने बताए । ‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आकलन गरे पनि कसैले फिल्म झुर छ, राम्रो छैन भनेर ट्यागै त लगाउन भएन नि’, उनले भने, ‘वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेका छन् । तर फिल्म हेर्ने दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । हाम्रो फिल्मलाई कम शो दिइएको छ । यसमा हलवालाको नियतमा खोट देखें ।’ उनले प्रकाशलाई पर्याप्त शो नदिइए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भए पनि फिल्म देखाउने चेतावनी दिए । ‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहिँ कहीँ न कहीँ नियतमै खोट देखेको छु,’ उनले भने । निर्माता महेन्द्र अधिकारीले आफ्नो फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने जोड दिए । ‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन। एउटा क्युएफएक्समा ३ वटा हल हुन्छ। त्यसमा एउटा शो त हामीलाई आउनुपर्यो नि,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२८
प्रतिक्रिया दिनुहोस्