जन्मदिन मनाउँदै गर्दा पक्राउ परिन् १ सय वर्षीया वृद्धा, कारण अनौठो
जन्मदिनको अवसरमा मानिसहरू रमाइलो बर्थ डे पार्टी गर्छन् । जन्मदिनको अवसरमा केही भव्य कार्यक्रम आयोजना पनि हुन्छ । यस्तोमा जन्मदिन मनाइरहेको मानिसलाई नै प्रहरीले पक्राउ गरी लग्यो भने के होला ? अष्ट्रेलियामा यस्तै घटना भएको छ ।
अष्ट्रेलियामा १ सय वर्ष पुरा गरेकी एक वृद्ध महिला आफ्नो जन्मदिन पार्टी मनाइरहेकी थिइन् । उनको जन्मदिनको पार्टी भव्य रुपले भइरहेको थियो । तर एकाएक उनको जन्मदिनको कार्यक्रम फिक्का भयो । जब उनलाई प्रहरी पक्राउ गर्न आइपुग्यो । अझ रोचक त के भयो भने ती महिला पनि प्रहरीसँग सजिलै पक्राउ भएर जान तयार भइन् ।
खासमा, ती वृद्ध महिलालाई आफ्नो सयाैं जन्मदिनको दिन जेल जाने रहर थियो । उनी कुनै अपराध नगरी जेल जान सक्दैन थिइन् । त्यसैले उनले आफैंले प्रहरीलाई पक्राउ गर्न बोलाइन् र बर्थ डे मनाइरहेका निम्तालुलाई सरप्राइज दिइन् । प्रहरीले पनि उनको उमेर र रहर हेरेर यसलाई पुरा गरिदियो ।
https://www.facebook.com/victoriapolice/posts/437777371708664
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्