नेभिगेशन
जीवनयापन

परदेशले यतै भुलायो दिदी

परदेशले यतै भुलायो दिदी, आइएन यो साल टेकेर छाता आउनलाई लिन, पाइएन यो साल फलेनन् होला काँकरी कैँडा, फलेनन् घिरौंला झपक्कै फल्ने करेली झाल, लाइएन यो साल बाँझै छ होला दैलाको गरो, रित्तै छ होला गोठ ठेकीको दही घारीको केरा, खाइएन यो साल पलाए होला आँगनमा दुबो, पिढीमा बुकी झार खसेको थियो खरको पाली, छाइएन यो साल खै कहाँ गए सँगैका सखा, कस्तो छ होला गाउँ सँगसँगै मादल बजाई तीज, गाइएन यो साल ठूलीपोखरी, पर्वत हालः क्यानडा
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै