पुष्पलताको नयाँ फिल्ममा बाबरी जोडी
काठमाडौं– फिल्म ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । आफु निर्मित पहिलो फिल्म रिलिज नहुँदै बुढाथोकीले नयाँ बेनाम फिल्मको घोषणा गरेकी हुन् ।
फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र अदिति बुढाथोकी फाइनल भएका छन् । ‘बाबरी’ आउँदो असोज १४ देखि प्रदर्शनमा आउँदैछ ।
पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । यस अनटाइटल प्रोजेक्टको लागि निर्देशक पनि तय भएका छैनन् । हाललाई निर्देशकको नाम गोप्य राखिएको निर्मात्री बुढाथोकीले बताइन् । फिल्म फागुनदेखि फ्लोरमा जानेछ ।
सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’मा धिरज र अदितिसँगै धिरज नाडकरको मुख्य भूमिका छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२९
प्रतिक्रिया दिनुहोस्