नेभिगेशन
जीवनयापन

एमालेको ५० लाख मत कटाउने लक्ष्य

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ५० लाख मतदाता कटाउने गरी अभियान चलाउने भएको छ । एमालेले एक पार्टी सदस्यले कम्तीमा दुई नयाँ मतदाता थप्ने गरी अभियान चलाउने भएको हो । एक सदस्य दुई नयाँ मतदाता थप र पाँच पुराना मतदाता संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ । एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर झण्डै ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ । एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सञ्चालन गर्ने भएको छ । प्रत्यक्षमा ५० लाख मत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् । गठबन्धनका कारण प्रत्यक्षमा सीट कम हुने भएकाले पनि एमालेले समानुपातिकमा बढी जोड दिएको छ । बैठकमा टोल टोलमा संगठन, घरघरमा सदस्य अभियानको प्रस्ताव समेत पेस भएको छ भने एक बुथ सय युथको अभियान पनि सञ्चालन हुने पोलिटब्यूरो सदस्य सूर्य थापाले जानकारी दिए । केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोली नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन् । एमाले बैठक आजै समापन हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै