नेभिगेशन
जीवनयापन

गठबन्धन दलले दाबी गर्दैमा सिट छोडिहाल्ने भन्ने हुँदैन : कोइराला

मोरङ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । उनले कांग्रेसले एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताएका छन् । जनताको साथमा कांग्रेस अभियानअन्तर्गत शनिबार मोरङ क्षेत्र ६ कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले गठबन्धन दलले कांग्रेसको संगठन कमजोर भएको भनेर नबुझ्न समेत आग्रह गरे । ‘अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानु परेको हो ।’ नेता कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसको प्रभाव भएका कुनै पनि क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । ‘गठबन्धन दलले दाबी गर्दैमा सिट छोडिहाल्ने भन्ने हुँदैन । कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, र तब मात्रै सिटको बाँडफाँट हुने हो,’ नेता कोइरालाले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै