नेभिगेशन
जीवनयापन

गठबन्धनको सिट बाँडफाँट सर्वस्वीकार्य हुन्छ : बस्नेत

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्वीकार्य हुने बताएका छन् । उनले त्यस सम्बन्धमा गम्भीररुपमा छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुगिने बताए । ‘गठबन्धन आजको आवश्यकत्ता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुपर्‍यो । अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन््। त्यसैले सिट बाँडफाँड मिल्छ,’ उनले भने । उनले कांग्रेस १६५ सिटमै उम्मेदवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सिट बाँडफाँड ठूलो समस्या नभएको बताए । उनले माओवादी केन्द्रको तर्फबाट भाबी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए । उनले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको बताए । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको उनको भनाइ छ । ‘यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाइएको छ । अर्कोतर्फ, पार्टी गलत भएकाले यो परिणाम आएको हो भनेर बहस भएको छ । पछिल्लो समय मुलकुमा उल्लेखनीय परिवर्तन भएका छन् । अझै परिवर्तनलाई व्यवहारिक रुप दिनको लागि, केही नमिलको कुरा मिलाउनु पर्छ । यो कोण पनि छ,’ उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै